डडेल्धुरामा भारत गएका एक व्यक्तिको नाममा मतदान भएपछि विवाद भएको छ।
भागेश्वर गाउँपालिका–१ स्थित पशुपति आ.बि. बलडा मतदान स्थलमा सोही ठाउँका अन्दाजी २५ वर्षीय अबिशेक महराले हाल भारतमा बस्ने पंकज महराको नाममा भोट हालेपछि विवाद उत्पन्न भएको हो।
विवादपछि ५ मिनेट मतदान स्थगित भएको र प्रतिनिधीहरूबाट मतदान समाप्त पश्चात निज अबिशेक महराको नाममा निवेदन दिने सहमति भएपछि पुनः मतदान सुचारु भएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा प्रहरी वरिष्ठ हवल्दारको कमान्डमा टोली खटी गएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएका छ।
456
Shares

प्रतिक्रिया