रौतहटमा दिउँसो साढे १ बजेसम्म ४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा भइरहेको शान्तिपूर्ण निर्वाचनमा अहिलेसम्म १ लाख ८६ हजारभन्दा बढी मतदाताले मतदान गरिसकेको निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।
रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता छन्।
जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थल कायम गरिएका छन्।
२७७ मतदान स्थलमध्ये १५२ अतिसंवेदनशीलको सूचीमा छन्।
जिल्लाभरमा निकै उत्साह र शान्तिपूर्ण ढंगले मतदान जारी रहेको निर्वाचन प्रमुख दासले बताए।
57
Shares

प्रतिक्रिया