बागमती


सप्तरीमा दिउँसो २ बजेसम्म ३२.६८ प्रतिशत मतदान

सप्तरीमा दिउँसो २ बजेसम्म ३२.६८ प्रतिशत मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १४:२९, जनकपुरधाम

सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत भइरहेको मतदानमा दिउँसो २ बजेसम्म ३२.६८ प्रतिशत मत खसेको छ।

बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहँदा २ बजेसम्ममा १ लाख ४३ हजार ५३६ जनाले मतदान गरेका छन्।

मतदान गर्ने मतदातामा ७५ हजार ७४९ जना महिला, ६७ हजार ७८३ जना पुरुष र ४ जना अन्य मतदाता रहेका छन्। 

जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार क्षेत्र नम्बर १ मा ३२.८ प्रतिशत, क्षेत्र नम्बर २ ३७.४ प्रतिशत, क्षेत्र नम्बर ३ मा २८.४ प्रतिशत र क्षेत्र नम्बर ४ मा ३२.५ प्रतिशत मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad