मधेस


सिरहामा १४ लाख रुपैयाँसहित युवक पक्राउ

सिरहामा १४ लाख रुपैयाँसहित युवक पक्राउ

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १९:१०, जनकपुरधाम

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार दिउँसो सवारी चेकजाँचको क्रममा बरियारपट्टी गाउँपालिका–३ स्थित शिवनगरका २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरेको हो।

बरियारपट्टी हुँदै औरहीतर्फ आइरहेको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एक हजार दरका १४ सय नोट बरामद गरिएको जिप्रका सिरहाले जनाएको छ। 

प्रहरीले बरामद रकमको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरेको रयादवमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad