त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम गाँजासहित चार यात्रु पक्राउ परेका छन्।
शुक्रबार एयर इन्डियाको उडानमार्फत दिल्लीबाट आएका नागरिक मोहद जुनैद, एयर अरेबियाको उडानमार्फत सारजहाँबाट आएका समीना अख्तर, बैग मिरा र अफ्सना अमिर हुसैन सेख पक्राउ परेको एसएसपी वसन्त रजौरेले जानकारी दिए। चारै जना भारतीय नागरिक हुन्।
उनीहरूका गतिविधि शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। विमानस्थलको आगमन भन्सार क्षेत्रपछि टनेल गेटबाट नियन्त्रणमा लिइएको एसएसपी रजौरेले बताए।
54
Shares

प्रतिक्रिया