मधेस


सर्लाहीमा सब-इन्जिनियरमाथि गोली प्रहार

सर्लाहीमा सब-इन्जिनियरमाथि गोली प्रहार

सुभाष कर्ण
फागुन ३, २०८२ आइतबार २१:३०, जनकपुरधाम

पूर्वाधार विकास कार्यालय सर्लाहीका सब-इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार भएको छ। 

आइतबार राति करिब ८ बजे उनको डेरामै गोली हानिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। 

घाइते यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। 

सिरहा सुखीपुर निवासी सव–इन्जिनियर यादव मलंगलवा नगरपालिका १० अदालत नजिकै डेरा गरी बस्दै आएका थिए। 

उनी कोठमामा बसिरहेका बेला गोली प्रहार गर्ने व्यक्तिले बाहिर बोलाएका थिए। बाहिर निस्किनै लाग्दा बार्दलीमै गोली प्रहार गरी आक्रमणकारी फरार भएको स्थानीयलाई उदृत गर्दै डीएसपी राईले बताएका छन्। 

उनी उपचारत अवस्थामै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

डिएसपी राईले अहिले अनुसन्धान भइरहेकोले अनुसन्धानपछि नै कसले किन गोली हान्यो भन्न सकिने बताए।

‘गोली प्रहार कसरले गर्‍यो, आक्रमणकारी कति जना थिए, के मा आएका थिए लगायतका कुराबारे अहिले केही खुलेको छैन अनुसन्धान तीब्र बनाएका छौँ’ उनले भने।

घटनापछि सो क्षेत्रमा त्रास छाएको छ भने प्रहरीले ठाउँ ठाउँमा सर्च अभियान तीब्र पारेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad