मधेस


गोली प्रहारबाट घाइते सब-इन्जिनियर यादवको निधन

गोली प्रहारबाट घाइते सब-इन्जिनियर यादवको निधन

सुभाष कर्ण
फागुन ३, २०८२ आइतबार २१:५९, जनकपुरधाम

सर्लाहीमा गोली प्रहारबाट घाइते भएको सब-इन्जिनियर प्रमोद यादवको निधन भएको छ। 

डेरामै गोली हानी घाइते भएको यादवको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। 

पूर्वाधार विकास कार्यालय सर्लाहीका सव–इन्जिनियर यादवमाथि आइतबार साँझ मलंगलवा नगरपालिका १० स्थित आफ्नै डेरामा गोली प्रहार गरिएको थियो।

आइतवार साँझ करिब ८ बजे उनको डेरामै गोली हानिए यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा ज्यान गएको हो।

सिरहाको सुखीपुर निवासी सव–इन्जिनियर यादव मलंगलवा नगरपालिका १० अदालत नजिकै डेरा गरी बस्दै आएका थिए। 

उनी कोठमामा बसिरहेका बेला गोली प्रहार गर्ने व्यक्तिले बाहिर बोलाएका थिए। बाहिर निस्किनै लाग्दा बार्दलीमै गोली प्रहार गरी आक्रमणकारी फरार भएको स्थानीयलाई उदृत गर्दै डीएसपी राईले बताएका छन्। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले ठाउँ ठाउँमा सर्च अभियान तीब्र पारेको छ।

सव इनिजनियरको हत्यापछि सो क्षेत्रमा त्रासको वातावरण छाएको छ।

यादव करिब १ वर्षदेखि पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत थिए। यादवका दुई वर्षकी एक छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad