मधेस


विवाहपञ्चमीः मटकोर सम्पन्न, गंगासागरको डीलमा भजनकीर्तन

विवाहपञ्चमीः मटकोर सम्पन्न, गंगासागरको डीलमा भजनकीर्तन

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १९:३९, काठमाडौँ

भगवान राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत सोमबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ। 

मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरू जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका छन्।

महिलाहरूले माटो बोकेर नगर परिक्रमा समेत गरेका छन्। मटकोरको क्रममा गंगासागरको डीलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो।

जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजा सहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुगेका थिए।

वैदिक मन्त्र उच्चारण गरी विधिपुर्वक जानकी मन्दिरमा भित्रयाइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ।

जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो।

मंगलबार स्वयम्बर तथा विवाहोत्सव र बुधबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad