मधेस


मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १८:५५, जनकपुरधाम

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन्। 

मंगलबार मधेस भवनमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिदहरूलाई ‘मधेस रत्न’ सम्मानले सम्मानित गर्ने घोषणा गरे।

मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिदहरूले मुलुकमा संघीयता स्थापनामा ऐतिहासिक योगदान पुर्‍याएको उल्लेख गर्दै उनीहरूको योगदानलाई सम्मान गर्ने समय आएको बताए। उनले आर्थिक सहयोग मात्र पर्याप्त नभई राज्यले सम्मानजनक रुपमा सहिदहरूको योगदानको कदर गर्नुपर्ने बताए।

कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त र २४ गते बिहान शपथग्रहण गरेका यादवले पहिलो दिनमै प्रदेशमा शान्ति, सुव्यवस्था र सुरक्षा सुदृढीकरणका लागि सम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा सुशासन, विकास र मधेसको आत्मसम्मानका लागि ठोस कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad