मधेस


छठ पर्वलाई लक्षित गरी जनकपुरमा सुरक्षा व्यवस्था मजबुत

छठ पर्वलाई लक्षित गरी जनकपुरमा सुरक्षा व्यवस्था मजबुत

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १६:२९, काठमाडौँ

छठ पर्वलाई लक्षित गरेर जनकपुर लगायतमा सहरहरुमा व्यापक प्रहरी परिचालन गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले छठ पर्वमा चोरी, लुटपाटलगायतका अपराधिक घटना हुन नदिनका लागि जनकपुरलगायतका ताल, पोखरीहरुमा शान्ति सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी गराएको हो। 

चोरी, लुटपाट, महिला हिंसालगायतका अप्रिय घटना हुन नपाओस भनेर आवश्यक सुरक्षाका लागि करिव ७ सय भन्दा बढी प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारए प्रहरी नायाव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए। 

उनले सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्नका लागि पनि प्रहरीहरु परिचालन गरिएको बताए।
‘यो छठ पर्वको सुरक्षा चुनौतिहरू छन्, जस्तै चोरी, लुटपाट, महिलाहरुमाथि हुने हिंसा, त्यस्तै गरेर अन्य अपराधिक गतिविधिलाई दृष्टिगत गरेर हामीले यहाँको सुरक्षा व्यवस्था मिलाएका छौं,’ बमले भने, ‘त्यसका लागि हामीले विशेष गरी यहाँका पोखरीहरु गंगा सागर, धनु सागरलगायत अन्य विभिन्न पोखरीहरु र त्यसका वरपर प्रहरीहरु परिचालन गरेका छौं।’

त्यस्तै गरेर सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर विभिन्न स्थानहरुमा ब्यारिकेट राखेको बताए। 

छठ पर्वमा तराई मधेसमा चोरी, लुटपाटको घटना हुने भएकाले घर बाहिर जानुपरेमा नजिकैको प्रहरीलाई खबर गरेर जान पनि सर्वसाधारणलाई अपिल गरिएको पनि जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad