मधेस


मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय

मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय

नेपालखबर
असोज २९, २०८२ बुधबार ७:३०, काठमाडौँ

मधेस प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज (बुधबार, २९ असोज) अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएको छ।

यसअघिका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन्। 

आज अपराह्न ४ बजेभित्र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ। 

निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न जानकारीका लागि अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad