मधेस


बारामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

बारामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

नेपालखबर
असोज २५, २०८२ शनिबार १०:३०, बारा

बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन।

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन्।

घातेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइएको छ।

घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad