नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुंगामुढा र आगजनी गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका-९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेनजीका प्रदर्शनकारीहरूले ढुंगामुढा र आगजनी गरे ध्वस्त पारेका हुन्।
आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुंगामुढा र आगजनी गरिरहेका छन्।
यसअघि काठमाडौँमा प्रदर्शनकारीहरूले दलका शीर्ष नेताहरुको निवास र दलका पार्टी कार्यालयहरुमा समेत ढुंगामुढा गरेका छन्।
63
Shares

प्रतिक्रिया