मधेस


अर्थमन्त्रीको राजीनामा माग्दै मधेस प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरोध

अर्थमन्त्रीको राजीनामा माग्दै मधेस प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरोध

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १७:३, जनकपुरधाम

प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ।

आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहालाई बोल्ने समय दिए।

कुशवाहाले अर्थमन्त्रीले त्रुटिपूर्ण बजेट ल्याएको र बहुमतले पास गरिएको भन्दै अर्थमन्त्री सुनीलप्रसाद साहको राजीनामा माग गरे। उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदनमा अवरोध जारी रहने बताए।  

लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको भनाइको प्रतिवाद गरे। सर्वदलीय बैठकमा नआउने र सदनमा अवरुद्ध जारी राख्ने कार्य गलत भएको उनको भनाइ थियो।

त्यसपछि सभामुख मण्डलले प्रदेशसभा बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको घोषणा गरे।

प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन्। 
    
जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरूले बैठक अवरुद्ध गर्दै आएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad