मधेस


ट्रकबाट त्रिपाल हटाउने क्रममा हजार भोल्टको तार छोइँदा सहचालकको मृत्यु, २ जना गम्भीर घाइते

ट्रकबाट त्रिपाल हटाउने क्रममा हजार भोल्टको तार छोइँदा सहचालकको मृत्यु, २ जना गम्भीर घाइते

नेपालखबर
साउन १, २०८२ बिहिबार १०:९, मलंगवा (सर्लाही)

सर्लाहीको लालबन्दी नगरपालिका-१ मा आज बिहीबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छोइँदा सहचालको मृत्यु भएको हो। 

करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक रौतहट वृन्दावन नगरपालिका-७ का ३० वर्षीय दिनेश पासवानको उपचारका क्रममा हरिवनस्थित नमुना अस्पतालमा मृत्यु भएको हो। 

करेन्ट लागेर ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन्।

उनीहरूको उपचार सोही अस्पतालमा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad