मधेस


लोसपाका जिल्ला अध्यक्ष नै माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

लोसपाका जिल्ला अध्यक्ष नै माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

नेपालखबर
फागुन २४, २०८१ शनिबार १०:५८, रौतहट

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लीलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। 

रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरमा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका तेली गत स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा लोसपाबाट उम्मेदवार बनेका थिए। तर ३ हजार ३३२ मतसहित उनी दोस्रो स्थानमा रहे।

माओवादी प्रवेश गर्दै तेलीले कांग्रेस, एमाले पहिचानविरोधी भएको आरोप लगाए। 

मधेसवादी दल अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरू यसमा प्रवेश गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad