मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्त्वहरूले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एक ढिक्का भएर उभिन जरुरी रहेको बताएका छन्।
इस्लाम धर्मावलम्बीहरूले मनाउने रमजान पर्वको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन्।
नेपाल सबै जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने उनको धारणा छ।
उनले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्बी र जातजातिले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिए।
उनले भने, ‘सबै जातजाति बसिरहेको साझा फुलबारी देश नेपाल हो। केही व्यक्तिले धार्मिक सहिष्णुता खल्बल्याउने काम गरेको सुनिन्छ। तर यसको विरुद्धमा नेपालका सबै समुदाय एकढिक्का छौँ। कुनै तत्त्वले प्रयास गरेकै आधारमा मिलेर बसिरहेको समुदाय खल्बलिने छैन। विश्वभरि नै नेपालको एउटा अलग पहिचान छ। विभिन्न जातजाति बसिरहेको देश नेपाल हो। सबैले आ-आफ्नो तर्फबाट मिलेर बसेको सन्देश कायम गर्नुपर्छ।’
स्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्नसमेत उनले मुस्लिम समुदायलाई आग्रह गरे।
Shares

प्रतिक्रिया