रौतहटको राजपुर ६ मा नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका समसे आलम निर्वाचित भएका छन्।
४५ वर्षीय आलम ७४४ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याए। यस्तै एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत पाए।
जनमत पार्टी यहाँ तेस्रो भएको छ। यस पार्टीका उम्मेदवार क्यामुदिन धुनियाले ४५ मत पाएको छ।
अघिल्लो चुनावमा कांग्रेसकै शेख मोजरे आलम निर्वाचित भएका थिए।
96
Shares

प्रतिक्रिया