नुवाकोटको ककनी वडा नं २ को मतगणना केहीबेरपछि सुरु हुने भएको छ।
मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतपेटिकाहरू सङ्कलन गरेर सर्वदलीय बैठक बस्ने र सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गर्ने तयारी छ।
यस वडामा २२ सय ५५ मत खसेको छ। चार मतदान केन्द्रमा आइतबार निर्धारित समयसम्म ७१ प्रतिशत मत खसेको छ। ककनी २ को वडाध्यक्षका लागि दुई स्थानमा राखिएको चार मतदान केन्द्र कायम गरिएका थिए। कुल तीनहजार एकसय ७३ जना मतदाता रहेको सो वडामा दुई हजार दुइसय ५५ जनाले मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
42
Shares

प्रतिक्रिया