मधेस


रौतहटका तीन वडामा धमाधम मतदान, आजै मतगणना सुरु गरिने

रौतहटका तीन वडामा धमाधम मतदान, आजै मतगणना सुरु गरिने

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १३:३७, काठमाडौँ

रौतहटको तीनवटा वडामा मतदान भइरहेको छ। 

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका पदका लागि मतदान भइरहेको हो। 

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार रौतहटमा दिउँसो १ बजेसम्म झन्डै ६० प्रतिशत मत खसिसकेको छ। 

मतदाताले एक जना मात्रै जनप्रतिनिधिका लागि मत खसाल्नुपर्ने भएकाले मतदान छिटो भएको जिल्ला निर्वाचन अधिकारी दासले बताए।  

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा २७ सय ५१ मतदाता रहेका छन्। यस्तै, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा २७ सय ७ र राजपुर नगरपालिका वडा नम्बर ६ मा २५ सय ६६ मतदाता रहेका छन् । 

जिल्ला निर्वाचन अधिकारी दासका अनुसार बेलुका ६ बजको लागि सर्वदलीय बैठक राखिएको छ। ५ बजे सबै वडाको मतदान सकिएपछि ६ बजे सर्वदलीय बैठक राख्ने र ८ बजेबाट मत गणना सुरु गरिने उनले जानकारी दिए। 

कुनै विवाद नभएमा राति १२ बजेसम्ममा नतिजा आइसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad