लुम्बिनी


रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा ५ जनाको मृत्यु

रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा ५ जनाको मृत्यु

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १३:३८, काठमाडौँ

रोल्पामा आज (आइतबार) झोलु‌ंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ५ जनाको मृत्यु भएको छ।

रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा ५ मजदुर पुरिएका हुन्। 

माटोले पुरिएको अवस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव निकालिएको छ। 

७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार पुरिएर सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको हो। 

घटनाबारे प्रहरीलाई बिहान ९ बजेर ५० मिनेट जाँदा खबर आएको थियो। त्यसपछि प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमान्डमा ५ जनाको टोली बिहान १० बजेर ३५ मिनेटमा घटनास्थल पुगेको थियो। 

पाँचै जनालाई माटोको ढिस्कोले पुरिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। 

एल.बी. एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत उनीहरू काममा खटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad