रुस र युक्रेनले एकअर्काविरुद्ध युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेका छन्।
युक्रेनी वायुसेनाले रुसले युक्रेनका सबै भागहरूमा १४५ ड्रोन प्रहार गरेको तर तीमध्ये अधिकांशलाई खसालेको दाबी गरेको छ।
उता रुसले युक्रेनले पठाएका ३४ ड्रोन राजधानी मस्को पुग्नुअघि नै खसालेको दाबी गरेको छ।
तर, यसले राजधानी मस्कोका तीन प्रमुख विमानस्थलका उडान प्रभावित भएका छन्।
यसअघि रुसको पश्चिमी क्षेत्रमा पनि ठूलो मात्रामा ड्रोन आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।
यो ड्रोन हमला यस्तो समयमा भएको हो जतिबेला अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् र उनी नेतृत्वको प्रशासनले युद्ध अन्त्य गर्न दुवै देशलाई दबाब दिने बताइएको छ।
972
Shares

प्रतिक्रिया