ad ad

मधेस


शिक्षकको माग गर्दै मधेसमा शैक्षिक हडताल गर्ने प्रभु साहको चेतावनी

शिक्षकको माग गर्दै मधेसमा शैक्षिक हडताल गर्ने प्रभु साहको चेतावनी

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १७:३३, रौतहट

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन्।

रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन्। मधेसमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकार गम्भीर नभएको उनले बताए।

‘मधेसको विद्यालयमा विद्यार्थीको चाप बढी छ। तर विद्यार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन। विद्यार्थीको अनुपातमा यहाँ विषयगत र तहगत शिक्षकको व्यवस्था गराउन हामीले पटक पटक सरकारको ध्यानाकर्षण गरायौं तर सरकार गम्भीर छैन’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले यथासिघ्र विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .