मधेस प्रदेश सभाको बैठक पुनः सुरू भएको छ।
यसअघि मधेस सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि १० मिनेटका लागि भनेर बैठक स्थगित गरिएको थियो।
दोस्रोपटक बैठक सुरू भएपछि मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव पेस गर्न सभामुखले अनुमति दिएपछि मख्यमन्त्रीले विश्वासको मत मागेका छन्।
अहिले उक्त प्रस्तावमा छलफल भइरहेको छ।
यसअघि मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची जेठ २८ गते सार्न अनुरोध गरेका थिए। तर सभामुखले उनको अनुरोध अस्वीकार गरी पूर्वनिर्धारित कार्यसूचीमा प्रदेश सभाको बैठक अघि बढाएका हुन्।
यादवले प्रदेश सभाको बैठकबाट पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्।
54
Shares
प्रतिक्रिया