सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु ६ लाखको क्षति हुनाका साथै दुईजना घाइते भएका छन्।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो।
आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ताकपडालगायत सामग्री जल्दा रु ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार बिजुलीको तार सर्ट भएर आगलागी भएको हो।
घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुईजना घाइते भएका हुन्।
घाइतेको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको हो।
अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। रासस
393
Shares
प्रतिक्रिया