ad ad

मधेस


सर्लाहीको मलंगवामा शनिबार ५ बजेदेखि निषेधाज्ञा जारी, सुरक्षा बढाइयो

सीडीओ भन्छन्– थप घटना घट्ने सम्भावना देखिपछि निषेधाज्ञा लगायौं
सर्लाहीको मलंगवामा शनिबार ५ बजेदेखि निषेधाज्ञा जारी, सुरक्षा बढाइयो

नेपालखबर
भदौ २३, २०८० शनिबार १६:११, काठमाडौँ

सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ। कृष्ण जन्माष्टमीको मूर्ती बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले नेपालखबरलाई जानकारी दिए।

अहिलेसम्म कुनै घटना नघटेको भएपनि घट्न सक्ने सम्भावना भएकाले निषेधाज्ञा जारी गरिएको यादवले बताए। 

‘अहिलेको अवस्था सामान्य नै छ,’ उनले भने, ‘सम्भावित घटनाक्रमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको हो।

सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवामा शुक्रबर साँझ दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले अश्रग्यास र एक राउन्ड हवाइ फायर समेत गरेको थियो। 

शनिबार बिहानैदेखि पनि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका थिए। लगत्तै स्थानीय प्रशासनले थप सुरक्षा बढाएको थियो। 

सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव राख्न अपिल गरिएको सीडीओ यादवले बताए। 

प्रदर्शनका कारण मलंगवाका पसलहरू बन्द छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .