मधेस


लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा २ हजार २५ पशु मरे

लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा २ हजार २५ पशु मरे

फाइल फोटो


नेपालखबर
साउन १५, २०८० सोमबार १९:४, काठमाडौँ

लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी गाईवस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ।

खडेरीको चपेटामा परेको मधेश प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाईवस्तुको धेरै क्षती भएपछि किसान मर्कामा परेका हुन्।

मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाई,भैँसी सहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेश प्रदेशमा हाल सम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भएको छ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेश प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन बिरुद्वको खोप लगाइसकेको जानकारी दिए।

उनले भने, ‘६७ हजारमा दुई हजार जती पशुको मृत्यु भएको छ। बाँकी चाहीँ निको हुने क्रममा छ। यो रोग निको हुन अलिक समय लाग्छ। करिव २० देखि २५ दिन रोग निको हुन समय लाग्ने भएका कारणपनि अलिक गाह्रो हुन्छ। रोग लागेका पशुमा दुध उत्पादनमा ह्रास आएको छ। पशुहरुमा बाँझोपनको पनि समस्या आउँछ। पशुहरु कमजोर हुँदै जान्छ। मधेस सरकारले ६४ हजार मात्रा खोप खरिद गरेको छ। स्थानीय तहले खोपको कार्यक्रमलाई अगाडी बढाएका छन्। ४५ हजार मात्रा खोप लगाइसकिएको छ।’

सोमवार लम्पी स्किन रोग बिरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताए।

मन्त्री न्यौपानेले यो समस्या पहिला देखि नै भएपनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरु दीर्घकालिन रुपमा समाधान गर्न सरकारले पहल गर्ने बताए।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई÷गोरुको मृत्यु भएको देखिन्छ। मधेश प्रदेशमा मृत्युभएका २ हजार २५ पशुमा भँैसी÷राँगा छन् भने २ हजार १९ वटा गाई÷गोरुको मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad