ad ad

मधेस


प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमै कुटिएपछि कर्मचारी आन्दोलित

प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमै कुटिएपछि कर्मचारी आन्दोलित

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८० शनिबार ७:४२, सर्लाही

सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हातपात भएको भन्दै कर्मचारी विरोधमा उत्रिएका छन्।

नगर प्रमुखलाई घटनाको लिखित जानकारी गराउँदै उनीहरुले दोषीलाई कानुनी कारबाही नभएसम्म कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरेका छन्। 

शुक्रबार दिउँसो कमलामाई सप्लायर्स धनुषाका सञ्चालक वेचन शर्माको नेतृत्वमा गएको समूहले प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद गेलाललाई कार्यकक्षमै हातपात गरेको आरोप कर्मचारीहरुले लगाएका छन्। 

त्यस क्रममा शर्मा नेतृत्वको समूहले कार्यालयका अन्य कर्मचारीलाई समेत गालीगलोज र दुर्व्यवहार गरेको दाबी कर्मचारीहरुले गरेका छन्। दोषीविरुद्ध कारबाही माग गर्दै उनीहरुले नगरपालिका कार्यालय अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन्। 

नगरपालिकाले स्थानीय खोलाको ग्राभेल उत्खनननमा रोक लगाएको विरोधमा उनीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरेको कर्मचारीहरुकाे भनाइ छ। 

कमलामाई सप्लायर्स धनुषाका सञ्चालक वेचन शर्मा, सिरहाकाकै धनगढीमाई १२ का महेश अधिकारी, धनगढीमाई ४ का रामएकवाल यादव लगायत ५/७ जना उच्छृंखल व्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत गेलाललालाई कार्यकक्षमा थुनेर पानीको बोतल गर्दै हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

उच्छृंखल समूहलाई नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट बाहिर निकालिएको कर्मचारीहरुले नगरप्रमुखलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .