ad ad

खेल


एसीसी प्रिमियर कप– फाइनल प्रवेशका लागि आज कुवेतसँग भिड्दै नेपाल

यूएई–ओमान खेलपछि मूलपानी मैदानले ओडीआई मान्यता पाउने
एसीसी प्रिमियर कप– फाइनल प्रवेशका लागि आज कुवेतसँग भिड्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८० शनिबार ७:५८, काठमाडौँ

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइलमा आज (शनिबार) घरेलु टोली नेपाल र कुवेत भिड्दैछन्। 

कीर्तिपुरस्थत त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। 

नेपालले समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह ए को विजेताका रूपमा अन्तिम चारमा पुगेको थियो।

कुवेत भने हङकङलाइ हराउँदै समूह बीको उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाल कुवेतलई हराउँदै फाइनल खेल्न चाहन्छ। यता कुवेत पनि उपाधि दाबेदार नेपाललाई हराउँदै उपाधिनजिक पुग्न चाहन्छ।

आजै हुने पहिलो सेमिफाइनल समूह बी को विजेता यूएई र समूह ए को उपविजेता ओमान खेल्दै छन्। खेल मूलपानी मैदानमा हुनेछ। 

यूएई र ओमानबीचको खेलपछि मूलपानी मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाउनेछ। 

प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ। 

आज पानी परेको अवस्थामा डीएल मेथडका आधारमा नतिजा निकालिनेछ। यो मेथडमा दोस्रो ब्याटिङ गर्ने टोलीले २० ओभर खेलेको हुनुपर्नेछ। खेल नै हुन नसकेको अवस्थामा वा दोस्रो टोलीले २० ओभर ब्याटिङ गरेको छैन भने सुपर ओभरबाट नतिजा निकालिनेछ।

सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ। दोस्रो सुपर ओभर पनि टाई भएमा वा सुपर ओभर नै हुन नसकेमा समूह चरणका विजेताले फाइनल खेल्नेछन्। त्यस्तो अवस्था आएमा नेपाल र यूएईले फाइनल खेल्नेछन्। 

फाइनलमा खेल सोमबारका लागि तय गरिएको छ। सोमबार खेल हुन नसके मंगलबार खेलाइनेछ। 

रिजर्भ डे मंगलबार पनि पानी परे अथवा खेलमा नतिजा आउन नसके सुपर ओभरमा खेल जानेछ। दुईपटक गरिएको सुपर ओभरबाट पनि नतिजा आउन नसके फाइनलमा ओडीआई वरीयतामा माथि हुने टोली च्याम्पियन हुँदै एसिया कप खेल्न पाउनेछ।

त्यस्तो हुँदा नेपालले सिधै एसिया कपमा स्थान बनाउँदै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .