ad ad

मधेस


सर्लाहीमा भएका छुट्टाछुट्टै घटनामा दुई बालबालिकाको मृत्यु

सर्लाहीमा भएका छुट्टाछुट्टै घटनामा दुई बालबालिकाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ६:५१, सर्लाही

सर्लाहीका ईश्वरपुर र चन्द्रनगरमा भएका छुट्टाछुट्टै घटनामा दुई बालबालिकाको मृत्यु भएको छ। 

ईश्वरपुर नगरपालिका–१५ मा करेन्ट लागेर १२ वर्षीय बालक र चन्द्रनगर गाउँपालिका २ मा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी कैलाश राईका अनुसार बिहीबार दिउँसो आफ्नै घरमा करेन्ट लागेर ईश्वरपुर १५ निवासी श्याम दासका छोरा १२ वर्षीय आशिषको मृत्यु भएको हो। 

पङ्खाको नांगो तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई गाउँकै एक क्लिनिकमा सामान्य उपचार गरी थप उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जमा पोखरीमा डुबेर सर्लाहीकै गोडैता नगरपालिका ६ का अमरेश पटेलकी ११ वर्षीया छोरी गुञ्ज्न पटेलको मृत्यु भएको छ।

बालिका मामाघर आएका बेला बिहीबार दिउँसो स्थानीय रामप्रसाद सिंह दनुवारको पोखरीमा नुहाउने क्रममा डुबेकी हुन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .