मधेस


मधेशका मन्त्री भन्छन् : प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ

मधेशका मन्त्री भन्छन् : प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १७:४१, काठमाडौँ

मधेश प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले मधेश प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताएका छन्।

बिहीवार मन्त्रालयमा मधेश प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

उनले गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने बताए।

मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचन पछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने बताए।

उनले सरकार परिवर्तन भए पनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्न कामको बारेमा जानकारी दिन खोजेको बताए।

उनले मन्त्रालयको कृषि उपजहरुलाई बजारिकरण गर्न पालिका स्तरमा साना कृषि बजार स्थापना र निर्वाचन क्षेत्र अनुसार कोल्ड स्टोर बनाउने बताए। उनले हरेक जिल्लामा भेटनरी एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको बताए। 

उनले रसायनिक मलको आपूर्तिलाई व्यवस्थित गर्ने बताए। आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयले करिव ५ लाख मेट्रिक टन रसायनिक मल खरिद गर्ने बजेट व्यवस्थापन गरेको भन्दै देशमा मधेश प्रदेशमा १ लाख ५० हजार मेट्रिक टन रसायनिक मल पाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .