ad ad

मधेस


रौतहटको माधवनारायणमा भीषण आगलगी, १४ घर जले

३ घण्टापछि आगो निभाइयो
रौतहटको माधवनारायणमा भीषण आगलगी, १४ घर जले

जयन्त ठाकुर
चैत २६, २०७९ आइतबार १९:२१, जनकपुरधाम

रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलगी हुँदा १४ भन्दा बढी घर जलेर नष्ट भएको छ। 

माधवनारायण नगरपालिका–४ स्थित मानपुरमा स्थानिय जिउत मुखियाको घरबाट सल्किएको आगोले भीषण रूप लिएपछि १४ वटा घर जलेर नष्ट भएको हो।

यद्यपि स्थानीयले आगलगीबाट २१ घर जलेर नष्ट भएको बताए।

आइतबार दिउँसो २ बजेको करिबमा मुखियाको घरमा खाजा बनाउनका लागि चुलोमा बालिएको आगोबाट घरमा आगलागी भएको थियो।

मुखियाको घरमा लागेको आगो तिब्र हावाका कारण छिमेकको घरमा समेत फैलिएको थियो। आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीयले बताए।

जलेका अधिकांश घर कच्चीका घर रहेको रौतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले जानकारी दिए। यद्यपि आगलगीबाट भएको क्षतिको विवरण अहिले आउन नसकेको उनले बताए।

मानपुरमा लागेको सो आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको छ। 

आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको थियो।  

आगलागीका कारण कुनैपनि मानविय क्षति नभएपनि लाखौँको भौतिक क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .