ad ad

मधेस


सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ६:५७, सर्लाही

सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

बिहीबार साँझ हरिपूर्वा ३ धनकौलमा ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रत भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जका करिब ३० वर्षीय प्रमेश्वर महतो र सोही ठाउँका करिब ५५ वर्षीय चरित्रबहादुर काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। 

दुवैको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

सर्लाही प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्ररम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .