ललितपुर बार एसोसिएसनको चुनाव जारी छ।
नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश महर्जनले जानकारी दिए। ललितपुरको लगनखेल स्थित जिल्ला अदालत प्राङ्गणमा मतदान भइरहेको हो।
हरेक दुई वर्षमा चुनाव हुने गरेको छ। ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन्।
नयाँ नेतृत्वको लागि राम श्रेष्ठको नेतृत्वमा माओवादी निकट गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायी समुहहरुको छुट्टै प्यानल छ भने नेकपा एमाले–काङ्ग्रेस लगायतका दलबाट शशीकुमार कार्कीको प्यानल प्रतिस्पर्धामा छ।
मुख्य निर्वाचन अधिकृत महर्जनले ४ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु गर्ने बताए।
36
Shares
प्रतिक्रिया