मधेस


सर्लाहीमा मिटरब्याज पीडितले गठन गरे संघर्ष समिति

सर्लाहीमा मिटरब्याज पीडितले गठन गरे संघर्ष समिति

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार ८:४, सर्लाही

सर्लाहीमा मिटरब्याज पीडितहरूले संघर्ष समिति गठन गरेका छन्।

साहु/महाजनहरूको चर्को ब्याजबाट पीडितहरूले बिहीबार हरिवनमा भेला गरेर ११ सदस्यीय मिटर ब्याज पीडित संघर्ष समिति गठन गरेका हुन्। 

समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह चयन भएका छन्।

सर्लाहीमा साहु/महाजनको चर्को ब्याजबाट पीडितहरू न्यायका लागि लामो समयदेखि संघर्षरत छन्। 

पीडितले जिल्ला र राजधानी काठमाडौंमा गएरसमेत गरेको संघर्षका कारण केही मिटरब्याजीलाई प्रहरीले पक्राउसमेत गरेको छ।

साहुसँग लिएको ऋणको चारगुणा बढी रकम बुझाइसक्दा पनि ऋणमुक्त नगरेको गुनासो धेरैको छ। 

मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्ने तयारीअनुसार संघर्ष समिति गठन गरिएको संयोजक चौधरीले बताइन्। मिटरब्याजमा ऋण लिनेहरूसँग प्रशासनले केही महिनाअघि देशव्यापी रूपमा उजुरी लिएको थियो।

सर्लाही, महोत्तरी, धनुषासहित मधेशका धेरै जिल्लामा मिटरब्याजबाट सयौँ परिवार प्रताडित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad