ad ad

खेल


क्रिकेटर सन्दीप राष्ट्रिय टोलीमा फर्केलान्? यसो भन्छन् क्यान अध्यक्ष

क्रिकेटर सन्दीप राष्ट्रिय टोलीमा फर्केलान्? यसो भन्छन् क्यान अध्यक्ष

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार ९:२, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई अहिले नै राष्ट्रिय टोलीमा फर्काउने विषयमा कुनै निर्णय भइनसकेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। 

‘उनलाई क्रिकेटमा फर्काउने विषयमा अहिले कुनै निर्णय भइसकेको छैन’, नेपालखबरको जिज्ञासामा अध्यक्ष चन्दले भने, ‘अब सन्दीपसँग बस्छौँ, क्रिकेट संघका साथीहरूसँग छलफल गर्छाैं। उसका सबै कुराहरू के हुन्छ, अदालतको आदेशलाई पनि हेरिन्छ, सामूहिक छलफल गर्छाैं।’

अध्यक्ष चन्दले पहिला सन्दीप रिहा हुनुपर्ने अनि मात्र अरू कुरा हुने बताए। 

‘१/२ दिनमा उसको घरमा पनि बस्न दिनपर्‍यो, त्यसपछि छलफल गरेर अगाडि बढ्छौँ, अहिलेसम्म केही निर्णय भने भइसकेको छैन।’

धरौटीमा रिहाको आदेश दिएको उच्च अदालत पाटनले सन्दीपलाई क्रिकेट खेल्ने प्रतिबन्ध लगाएको छैन। तर काठमाडौं उपत्यकाबाट बाहिरिन भने जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी गराउनुपर्ने आदेशमा उल्लेख छ।

बलात्कार मुद्दामा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। 

बलात्कार मुद्दामा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाए आज रिहा हुनेछन्। 

आदेशको २०औं नम्बर बुँदामा भनिएको छ, ‘प्रतिवादीको आर्थिक अवस्था र हैसियत समेतलाई दृष्टिगत गर्दा धरौटी वापत २० लाख रुपैयाँ निर्धारण गरिएको छ। उल्लिखित धरौटीको हकमा प्रतिवादीले नगद वा सो बराबरको बैंक नमानत राख्नु पर्नेछ। धरौटी वापत जेथा राख्न प्रतिवादीलाई अनुमति हुने छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .