ad ad

मधेस


मधेश प्रदेश : नवनियुक्त मुख्यमन्त्री सरोज यादवले शुक्रबार शपथ लिने

४ जना बिनाविभागीय मन्त्रीले पनि शपथ लिने
मधेश प्रदेश : नवनियुक्त मुख्यमन्त्री सरोज यादवले शुक्रबार शपथ लिने

नेपालखबर
पुस २८, २०७९ बिहिबार २०:३, जनकपुरधाम

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। 

बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। 

६३ जना प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादव ४ जना मन्त्री सहित शपथ ग्रहण गर्न लागेका हुन्।

यद्यपि शपथ लिने मन्त्रीहरुको कुन मन्त्रालयको जिम्मेवारी दिइएको विषयमा निर्क्यौल लाग्न सकेको छैन। 

मुख्यमन्त्रीसँगै सत्ता साझेदार दलहरुलाई समेटेर शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन हुने जसपाका एक प्रदेशसभा सदस्यले जानकारी दिए। 

शुक्रबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र जसपाबाट एक÷एक जना मन्त्रीले शपथ लिन लागेको श्रोतको दावी छ। 

स्रोतका अनुसार एमालेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, नेकपा माओवादी केन्द्रले उद्योग, पर्यटन तथा वन मन्त्रालय, जसपाले सामाजिक विकास मन्त्रालय र जनमतले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको हो। 

‘शुक्रबार मुख्यमन्त्रीसहित एमाले, माओवादी केन्द्र, जनमत र जसपाका एक–एकजना मन्त्रीले शपथ लिनुहुन्छ,’ एक प्रदेशसभा सदस्यले भने, ‘त्यसपछि विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुनेछ।’

मधेशमा नेकपा एमालेसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुईजना स्वतन्त्र सांसद सत्ता साझेदार छन्।

मुख्यमन्त्री यादवलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ तथा २ जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ६३ प्रदेश सांसदको समर्थन छ।

मधेश प्रदेशमा १० वटा मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमत आधा कार्यकाल सत्ताको नेतृत्व गर्ने सहमति गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .