ad ad

मधेस


युरिया मल लिएर नेपाल आउँदै गरेका ८ जना भारतीय सर्लाहीको सीमा नाकाबाट पक्राउ

युरिया मल लिएर नेपाल आउँदै गरेका ८ जना भारतीय सर्लाहीको सीमा नाकाबाट पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस २३, २०७९ शनिबार ६:३३, सर्लाही

सर्लाहीको विष्णु गाउँपालिकाबाट प्रहरीले युरिया मलसहित ८ जना भारतीयलाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो विष्णु गाउँपालिका ६ मिर्जापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

१४ वटा साइकलमा २८ बोरा युरिया मल लिएर आउँदै गर्दा मिर्जापुरको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। 

प्रहरीले पक्राउ पर्ने भारतीयको नाम भने खुलाएको छैन। १४ जनामध्ये ६ जना भारतीय भने साइकल छाडेर भागेको प्रहरीले जनाएको छ। 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको यादवले बताए। 

सरकारले रासायनिक मलको उचित व्यवस्था नगर्दा सर्लाहीका किसानले भारतबाट लुकिछिपी मल ल्याउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .