ad ad

मधेस


जसपाले आज मधेश प्रदेश संसदीय दलको नेता छान्ने, सर्वसम्मतको प्रयास जारी

जसपाले आज मधेश प्रदेश संसदीय दलको नेता छान्ने, सर्वसम्मतको प्रयास जारी

फाइल।


नेपालखबर
पुस २२, २०७९ शुक्रबार ७:३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्दै छ। जसपा नेता लालकिशोर साहका अनुसार आज संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ। 

बिहीबार बसेको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ। बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको साहले बताए। 

पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।

समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जानकारी दिए।

मधेश प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन्।

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको र शुक्रबार नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक साहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .