मधेस


अवैध सामानसहित तीनवटा मोटरसाइकल प्रहरीले भन्सारमा बुझायो

अवैध सामानसहित तीनवटा मोटरसाइकल प्रहरीले भन्सारमा बुझायो

फाइल।


नेपालखबर
पुस २१, २०७९ बिहिबार ७:४३, काठमाडौँ

सर्लाही प्रहरीले सुर्ती, मदिरा लगायतका सामानसहित बरामद गरेको तीनवटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ। 

बुधबार प्रहरीले मलंगवा नगरपालिका ९ र १० स्थित नेपाल भारत सीमा क्षेत्रबाट मदिरा, सुर्ती, सुजी, सखरसहित तीनवटा मोटरसाइकल बरामद गरेको थियो। 

भारतबाट अवैध ढंगल सामान लिएर आइरहेका मोटरसाइकल र त्यसका दुईजना चालकलाईसमेत नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ। 

मलंगवा १० स्थित नेपाल भारत सीमा क्षेत्रबाट दुईवटा भारतीय र मलंगवा ९ स्थित सीमा नाकाबाट बा ९३ प ८३९८ नम्बरको मोटरसाइकल बरामद गरिएको हो। 

मोटरसाइकल बाहेक बरामद सामानको भन्सार मूल्य साढे तीन लाख रुपैयाँ कायम गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad