पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्।। उनी शुक्रबार नै जनकपुरधाम पुगेका थिए।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।
पूजापाठपछि उनी यात्री निवास गएका थिए।
शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उहाँ साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए।
पूर्वराजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै थिए।
27
Shares

प्रतिक्रिया