रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै सर्लाहीको लालबन्दीमा थारु कल्याणकारिणी सभाले प्रदर्शन गरेको छ।
थारु कल्याणकारिणी सभा थरुहट/थरुवान संयुक्त संघर्ष समितिले बिहीबार दिउँसो चौधरीको रिहाइको माग गर्दै लालबन्दीमा प्रदर्शन गरेको हो।
लालबन्दीस्थित जनवादी चोबाट सुरु भएको र्याली डुमडुमे मन्दिर अगाडि पुगेर कोण सभामा परिणत भएको थियो। र्यालीमा महिलाको सहभागिता उल्लेख्या थियो।
सहभागीहरुले सरकारले ल्याउन लागेको अध्यादेश तुरुन्त प्रमाणीकरण गरी चौधरीलाई जेलमुक्त गर्न माग गरेका थिए।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै थारु कल्याणकारिणी सभा सर्लाहीका अध्यक्ष बलिराम चौधरीले रेशम चौधरीलाई रिहा नगरेसम्म आन्दोलन नरोकिने बताए।
18
Shares

प्रतिक्रिया