सम्बन्ध विच्छेद भए पनि लोकदोहोरी गायिका बबिता बानियाँ जेरीले पूर्वपतिको माया मार्न सकेकी छैनन्।
अदालतमा गएर अलग भएको डेढ महिनामै जेरीले फेसबुकमा पूर्वपतिसँगको पुरानो तस्बिर सेयर गर्दै भावुक भएकी हुन्।
पतिले छोरी बोकेको र आफूसमेत सँगै भएको तस्बिर राख्दै जेरीले लेखेकी छन्, ‘तीतै भए पनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ।’
गत कात्तिक २४ गते काठमाडौं जिल्ला अदालत गएर जेरी र शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए। बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।
1.1k
Shares

प्रतिक्रिया