मधेस


गोली लागेर घाइते सशस्त्र प्रहरी जवानलाई उपचारका लागि काठमाडौं लगियो

गोली लागेर घाइते सशस्त्र प्रहरी जवानलाई उपचारका लागि काठमाडौं लगियो

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार ८:४८, सर्लाही

दुई दिनअघि सर्लाहीको रामनगरमा गोली लागेर घाइते भएका सशस्त्र प्रहरी जवान सुरेश साहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। 

प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

शुक्रबार साँझ रामनगर गाउँपालिका–७ मा साहलाई गोली हानिएको थियो। 

उनलाई आफ्नै फुपुको छोरा सर्लाहीकै धनकौल गाउँपालिकाको धोबिनियाँ घर भएका रामप्रवेश साहसहितको समूहले गोली हानेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। 

‘होटलमा बसेर खाजा खोन क्रममा मामा र फुपुको छोराबीच लेनदेनको विषयमा विवाद हुँदा गोली प्रहार भएको देखिन्छ’, डीएसपी यादवले नेपालखबरसँग भने, ‘उनीहरुसँगै अन्य दुईजनाले सँगै बसेर मदिरा सेवन गरेपछि उत्पन्न विवादका क्रममा गोली चलेको अनुसन्धानको क्रममा खुलेको छ। थप अनुसन्धान भइरहेको छ।’ 

प्रहरीका अनुसार काभ्रेस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणमा कार्यरत साह रामनगर गाउँपालिका ४ का स्थायी बासिन्दा हुन्। साह बिदामा घर आएको बेला घटना भएको हो। 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुरेशकै फुपुका छोरा रामप्रवेशलाई त्यतिबेलै पक्राउ गरे पनि अन्य दुई जना भने फरार रहेको डीएसपी यादवले जानकारी दिए। 

फरार दुई जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad