मधेस


नेहा- डा. पंकज प्रकरण : प्रहरी र स्थानीयबीच झडप, चार सुरक्षाकर्मी घाइते

नेहा- डा. पंकज प्रकरण : प्रहरी र स्थानीयबीच झडप, चार सुरक्षाकर्मी घाइते

नेहा र डा पंकज चाैधरी


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १६:२५, जनकपुरधाम

महोत्तरीको रामगोपालपुरमा नेहा चौधरीले घरमा प्रवेश पाउनुपर्ने मागसहित भैरहेको आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।

स्थानीय र प्रहरीबीचको झडपमा परेर ४ जना प्रहरी घाइते भएका छन्। माइतबाट घर फर्किएकी नेहालाई घरमा प्रवेश गर्न नदिइएपछि सुरु भएको आन्दोलन आज झडपमा परिणत भएको थियो।

नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेपछि २ सशस्त्र प्रहरी, १ नेपाल प्रहरी र १ नगर प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

झडप बढ्दै जान थालेपछि प्रहरीले ५ राउन्ड अश्रु ग्याससमेत प्रहार गरेको छ।

पंकजलाई अहिले थुनामा राखेर अनुसन्धान अगाडि बढाइएको छ भने उनको घरका अन्य सदस्यहरु फरार छ्न्।  

नेहाले सो घरमा प्रवेश पाउनुपर्ने माग गर्दै केही स्थानीय बुधबारदेखि आन्दोलित छन्।

दाइजो मागेको आरोपमा गिरफ्तार डाक्टर भन्छन् : तनाव धेरै भयो, सम्बन्ध विच्छेद गर्छु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad