जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ।
स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट कपडा र रेडिमेड सामानसहित करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पसलमा बिजुलीका कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। रासस
12
Shares

प्रतिक्रिया