मधेस


सप्तरीको सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

सप्तरीको सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

सप्तरीको सुरुङ्गा नगरपालिकालाई बुधबार आयोजित कार्यक्रममा मधेश प्रदेश र सप्तरी जिल्लाकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीलगायत। तस्बिर : नानीमैया कटवाल/रासस


नेपालखबर
मंसिर १५ , सप्तरी

सप्तरीको सुरुङ्गा नगरपालिका बुधबार मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ। मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो।

यो सप्तरीको मात्र नभई मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन्। वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील थियो। 

सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले बुधबार एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे। 

सुरुङ्गा नगरपालिकाको आयोजना भएको घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाहमुक्त नगरपालिका घोषणाको प्रतिवेदन प्रस्तुत गरे। प्रस्तुत गरिएको प्रतिवेदनमा नगरको ११ वटै वडामा बालविवाहमुक्त वडा घोषणा गर्ने १४ वटा सूचक पूरा गरेपछि घोषणा गरिएको अधिकृत शर्माले बताए। 

प्रतिवेदनअनुसार विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म वडा नम्बर १ देखि ११ सम्ममा तीन सय ३५ विवाह भएको थियो। जसमा १८ वर्षमुनिको एउटा विवाह तथा २० वर्षमुनिका १८ वटा विवाह भएको सूचकअनुसार पाँच प्रतिशत बालविवाहमात्र देखिएकाले ९० प्रतिशत सूचक पूरा गरेको भन्दै घोषणा गरिएको प्रशासकीय अधिकृत गजेन्द्रनाथ सिंहले जानकारी दिए। 

सुरुङ्गा नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराइएको छ। बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अवलम्बन गर्नेसहितका सूचक पूरा गरेपछि बालविवाहमुक्त घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले बताइन्। 

यसअघि २०७६ भदौ २० गते मधेस प्रदेशको पहिलो तथा नेपालको तेस्रो बालमैत्री नगरपालिका घोषणा भएको थियो। 

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.