ad ad

मधेस


मोरङबाट प्रदेश सभामा कांग्रेसले खाता खोल्यो, ५ (१) मा गनगाई निर्वाचित

मोरङबाट प्रदेश सभामा कांग्रेसले खाता खोल्यो, ५ (१) मा गनगाई निर्वाचित

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २३:१०, विराटनगर

मोरङको प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले खाता खोलेको छ। मोरङ क्षेत्र नं. ५ (१) मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन्। 

१४ हजार ८ सय ४३ मत ल्याएर मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यो विजयसँगै नेपाली कांग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता खोलेको हो।

नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन्। एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन्।

मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्ने जनाएको छ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ कांग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।

प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन्। उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .