ad ad

मधेस


सर्लाहीमा दीपावली गर्दा तीन ठाउँमा आगलागी

सर्लाहीमा दीपावली गर्दा तीन ठाउँमा आगलागी

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार ११:१०, सर्लाही

दीपावलीमा बालिएको बत्तीबाट सर्लाहीका तीन ठाउँमा आगलागी भएको छ। 

सोमबार साँझ दीपावली गर्दा बालिएको मैनबत्ती र बिजुली बत्तीबाट ईश्वरपुर र रामनगरका तीन ठाउँमा आगलागी भएको प्रहरीले जनाएको छ।
गएराति पौने ९ बजे ईश्वरपुर नगरपालिका १ शंकरगंज बस्ने रामदेव साह सोनारको काठका दुई तल्ले घरको माथिल्लो तलामा आगलागी भएको हो।

दीपावलीमा बालिएको मैनबत्तीबाट आगो लाग्दा सुन, चाँदी, फर्निचर, लत्ताकपडा गरी पौने तीन लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। केही समयपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। 

त्यसैगरी गएराति सर्लाहीको रामनगर गाउँपालिका ४ बहुअर्वा निवासी रामचन्द्र रामको घरमा दीपावली गर्दा बालेको मैनबत्तीबाट आगो लाग्दा लाखौँको क्षति भएको छ। 

स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

त्यसैगरी रामनगर १ कै दुःखी सहनीको फुसको घरमा पनि सोमबार साँझ आगलागी भएको छ। बिजुलीको तार सर्ट भएर आगलागी हुँदा ७० हजार भन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .