धनुषामा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। मिथिला नगरपालिका–२ बस्ने १३ वर्षीय विशाल दासको मृत्यु भएको हो।
जनकपुरबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।
बिहीबार दिउँसो जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिज स्थित हजराचौकमा साइकलमा सवार बालकलाई बसले ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया